
बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिकामा जारी पाचौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । दोगडाकेदार–७ लवलेकमा पुस २४ गतेदेखि शुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
प्रतियोगितामा गाउँपालिकाका ११ वटा विद्यालयको सहभागिता थियो । सहभागी विद्यालयमध्ये श्रीकेदार माध्यमिक विद्यालय दोगडाकेदार–४ पिपलकोट प्रथम भएको छ । श्री केदार माविले प्रथम हुँदै आठ स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको हो ।
सनातन धर्म माध्यमिक विद्यालय दोगडाकेदार–३ श्रीकोट छ स्वर्ण, सात रजत र नौ कास्यसहित द्वितीय स्थान हासिल गरेको छ भने भगवती माध्यमिक विद्यालय सित्तड छ स्वर्ण, तीन रजत र चार कास्य हात पार्दै तृतीय स्थान हासिल गरेको हो ।
दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द प्रमुख अतिथि रहनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो