+

अब वडाकै नेतृत्वमा वाग्मती सफाइ

काठमाडौँ ।  वाग्मती सफाइ महाअभियान  शुरु भएको ६ सय ९ सातापछि स्थानीय सरकारकै नेतृत्वमा अभियानकर्मी जुट्न थालेका छन् ।


काठमाडौँ महानगरपालिका–८ को नेतृत्वमा भएको सफाइ पशुपति क्षेत्रमा केन्द्रित छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा गरिएको सफाइबाट सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले  जानकारी दिनुभएको छ । सफाइका क्रममा उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको छ ।
 
सफाइमा पूर्वमुख्यसचिव एवं सफाइ अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायण भण्डारी, काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष आशामान सँगत, वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकार लगायत जनप्रतिनिधि र अभियानकर्मीको सक्रियता रहेको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ अभियान प्रत्येक साताको शनिबार बिहान दुई घण्टा वाग्मती किनारमा हुने गरेको छ । गत बुधबार काठमाडौँ महानगरपालिका–११ मा वाग्मती छुने महानगरपालिकाका १० वडाका वडाध्यक्षको सहभागितामा भएको बैठकले सफाइको जिम्मेवारी वडाले लिने सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै