
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको भौगोलिक अखण्डता, शान्ति, अग्रगति र समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्नेमा जोड दिनुभएको छ ।
पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना दिँदै उहाँले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई थप सुदृढ गर्न सकिने धारणा राख्नुभयो । नेता खनालले एकीकरणका योद्धाहरुले आनुधिक नेपाल निर्माणमा पु¥याउनुभएको योगदानका स्मरण समेत गर्नुभयो ।
देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य तथा सुख शान्तिको कामना गर्दै उहाँले स–साना राज्यहरुलाई एकीकरण गर्ने हाम्रा वीर पुर्खाहरूको साहस, पराक्रम र दूरदर्शिताको परिणाम स्वरुप नेपाल आज एक स्वाधिन, अखण्ड र सार्वभौम मुलुकका रुपमा तथा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रका रुपमा विश्वमा परिचित रहेको विचार व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो