
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताले सूचना माग्दा प्रशासनिक संयन्त्र भाग्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीसँगको अन्तरक्रियामा उहाँले सही सूचना दिएर जनता सुसूचित हुन पाउने संवैधानिक हकको सम्मान गर्न आग्रह गर्नुभयो ।
‘कसले, कहाँ र के कमजोरी गरेको छ भनेर जनताले थाहा पाउने माध्यम सूचना नै हो । सही सूचनाले कमजोरी गर्नेलाई समयमा सच्चिने अवसर पनि आउँछ’ उहाँले भन्नुभयो– ‘सरकारले गरेका काम जति जनतामाझ पु¥याउन सक्यो त्यति नै गलत प्रवृत्तिको अन्य पनि हुन्छ ।’
कर्णाली प्रदेश सरकारले सूचना लुकाउनुपर्ने गरी कुनै पनि काम नगरेको दाबी गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकार सुशासन, पारदर्शिता कायम गर्न र भ्रष्टाचार अन्त्य गरी विकृति एवं विसङ्गति अन्त्य गर्ने काममा लागेको जिकिर गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव