
तनहुँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कृषि, पर्यटन, प्रविधिका साथै ऊर्जाको विकासबाट देशलाई समृद्धिको पथमा अग्रसर गराउन सहज हुने बताउनुभएको छ ।
‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ नाराका साथ दमौलीमा आयोजित नवौँ तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवको आज शुभारम्भ गर्दै उपप्रधानमन्त्री सिंहले कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासबाट देशलाई समृद्ध बनाउन सकिने विचार व्यक्त गर्नुभयोे ।
महोत्सवबाट स्थानीय उत्पादन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताउँदै उहाँले भन्नुभयो– ‘देशको अर्थतन्त्र विकासमा तनहुँले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यहाँको सांस्कृतिक पहिचान पनि पर्यटन प्रवद्र्धनमा सहयोगी बनेको छ । यस्ता महोत्सवले मुलुकको बहुभाषिक, बहुसांस्कृतिक परिचयलाई स्थापित गरेको छ ।’
तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले मेलाका माध्यमबाट किसानका उत्पादन बिक्री गर्न सहज हुने बताउनुभयो । महोत्सवमा कृषि उपजलाई प्राथमिकता दिइएको उहाँको कथन थियो ।
महोत्सवमा फलफूल, सागसब्जी, मह, मसला, दाल, चामललगायत कृषि उत्पादनका साथै स्थानीय हस्तकलाका सामग्रीयुक्त दुई सय बिक्रीकक्षमार्फत ती सामानको खरिदबिक्रीको व्यवस्था मिलाइएको छ । मेला आगामी माघ ७ गतेसम्म जारी रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो