
तनहुँ । जिल्लाको व्यास नगरपालिका–५ स्थित पाटन टोल विकास संस्थाले प्राथमिक उपचारसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।
योगदान राष्ट्रका लागि नामक संस्थाद्वारा प्राथमिक उपचारसम्बन्धी सचेतनामूलक तालिम सञ्चालन गरिएको हो ।
संस्थाले अकस्मात् आगोले पोले, करेन्ट लागे, बेहोस भए, हृदयाघातलगायत समस्यामा प्राथमिक उपचार कसरी गर्न सकिन्छ भन्ने विषयमा सचेतनामूलक तालिम दिएको संस्थाका अध्यक्ष महेन्द्र गिरीले जनाकारी दिनुभयो । योगदान राष्ट्रका लागिका केन्द्रीय अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले प्रशिक्षण दिनुभएको थियो । तालिममा ३५ जना सहभागी रहेका उहाँले बताउनुभयो ।
संस्थाले देशका ६० भन्दा बढी जिल्लामा शाखा विस्तार गरिसकेको छ । हालसम्म विभिन्न स्थानमा एक लाखभन्दा बढीलाई प्राथमिक उपचारसम्बन्धी तालिम दिइसकेको अन्तर्राष्ट्रिय प्रशिक्षक उप्रेतीले जानकारी दिनुभयो । संस्थामा सदस्य लिन चहानेले निःशुल्क सदस्य बन्न सक्ने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो