
गण्डकी । पोखरा विश्वविद्यालयले नयाँ छात्रावास बनाउने तयारी शुरु गरेको छ ।
पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको दक्षिणतर्फ रहेको १२ रोपनी क्षेत्रफलमा छात्रावास निर्माण गर्ने तयारी थालिएको हो ।
नयाँ छात्रावास भवन एक सय विद्यार्थी क्षमताको पाँचतल्ले हुने र पहिलो तल्ला शिक्षण अस्पतालमा कार्यरत रेसिडेन्ट नर्सहरूको आवासका रूपमा प्रयोग गर्ने योजना रहेको विश्वविद्यलायका सूचना अधिकारी लोकप्रसाद ढकालले बताउनुभयो । विश्वविद्यालयले नयाँ छात्रावास भवन निर्माण अघि बढाउँदै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सम्बन्धमा पेश कन्सल्टेन्ट प्रालिसँग ठेक्का सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।
पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा दीपकबहादुर भण्डारी र पेश कन्सल्टेन्टका प्रबन्ध निर्देशक इञ्जिनियर विष्णुप्रसाद खनालले उपकुलपति प्रा डा वेदराज केसीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।
सम्झौताअनुुसार छात्रावास भवनको डिजाइन फागुनभित्र तयार पार्ने जनाइएको छ । परामर्शदाताले छात्रावाससँगै भौतिक संरचना (आन्तरिक सडक, पैदलमार्ग, ढल, बगैँचा र पार्किङ) को विस्तृत वास्तुकलात्मक तथा इन्जिनियरिङ डिजाइन तयार गर्नेछन् ।
सम्झौताको कूल रकम १७ लाख ८८ हजार २ सय २५ रुपैया रहेको विश्वविद्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो