
बाँके । विशेष गरी मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई न्यूनीकरण गर्न नेपालगञ्जका युवा सक्रिय हुन थालेका छन् ।
जिल्लास्थित समृद्धि फाउण्डेशन नेपालले मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई युवाको सहभागिता र पहलमार्फत न्यूनीकरण गर्न नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा युवाक्लब गठन गर्ने अभियान सञ्चालन गरेको हो ।
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग र द एसिया फाउन्डेशन मुख्य कार्यान्वयन संस्था रहेको युएसएआइडी नागरिक समाज तथा सञ्चार कार्यक्रमअन्तर्गत राष्ट्रिय युवा परिषद्ले जारी गरेको युवाक्लब गठन कार्यविधि, २०७५ अनुसार १६ देखि २४ वर्ष उमेर समूहका युवालाई समावेश गरी वडास्तरीय युवाक्लब गठन भइरहेको समृद्धि फाउण्डेशन नेपालका कार्यक्रम संयोजक शकील अहमद खानले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका १३ वडामा युवाक्लब गठन गरिसकिएको छ भने अन्य वडामा पनि क्लब गठनको तयारी भइरहेको छ । बालविवाह, दाइजो प्रथा र सामाजिक रूपमा हानि गर्ने अभ्यास न्यूनीकरणका लागि युवाको सङ्गठन निर्माण गरी सामुदायिक गतिविधिमा सहभागिता वृद्धि गराउने र स्थानीय युवाबीच बलियो सामुदायिक सम्बन्ध स्थापना गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको कार्यक्रम संयोजक खानले बताउनुभयो । अभियानमार्फतसचेत, सजग र सशक्त युवाको उपलब्धता हुने लक्ष्य राखिएको छ ।
‘युवालाई सशक्तीकरण, सामाजिक एकता प्रवर्द्धन र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्न र सक्रियता बढाउनेतर्फ ध्यान दिन युवाक्लबको गठन गरिएको हो’ कार्यक्रम संयोजक खानले भन्नुभयो– ‘वडास्तरमा युवा क्लबहरूको स्थापनापश्चात् युवाले आफूलाई परेको समस्या अभिव्यक्त गर्न, सीप विकास गर्न र स्थानीय समस्यालाई सम्बोधन गर्न मञ्च प्रदान गर्नुका साथै युवाको नेतृत्व तथा क्षमता विकास र परिचालनमा सहजीकरण हुने आपेक्षा गरिएको छ ।
स्थानीय तहमा सञ्चालन हुने सरसफाइ, वातावरण संरक्षण, बालअधिकार, मानवअधिकार, महिलाअधिकार, शैक्षिक कार्यक्रम, सामाजिक कुरीतिविरूद्धका सचेतना अभियानमा सक्रियतापूर्वक सहभागी भई कार्यक्रम सफल बनाउन क्लबले सहयोग गर्ने लक्ष्य राखेको छ । प्रत्येक वडामा रहेका १६ देखि २४ वर्ष उमेर समूहका ५० प्रतिशत महिला रहने गरी मधेसी मुस्लिम र पछाडि पारेका सीमान्तकृत समुदायका पत्रकार, खेलाडी, कलाकार र अपाङ्गता भएका युवालाई क्लबमा समावेश गरिने समृद्धि फाउण्डेशनका अध्यक्ष महेश चौधरीले जानकारी दिनुभयो ।
योजना कार्यान्वयनमा स्थानीय अधिकारी, जनप्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, लक्षित समूह र सामुदायिक संस्थाहरूलाई संलग्न गराउने, वडास्तरीय जनप्रतिनिधि र स्थानीय सरकारलाई युवाक्लब गठनप्रति बढी जवाफदेही हुने अवस्था निर्माण गर्न संस्थाले पहल गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो