
काठमाडौँ । ललितपुरको मितेरी सहकारीको ठगी मुद्दामा प्रहरीले कांग्रेसका उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार दिउँसो कार्यालयमै बोलाएर उहाँसँग सोधपुछ गरेको हो ।
अनुसन्धानका कतिपय विषयमा उहाँसँग सोपधुछ गरिएको सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले बताउनुभयो । दुई महिनाअघि पनि सिआइबीले उहाँसँग सोधपुछ गरेको थियो ।
मितेरी सहकारी ठगीको सिआइबीमा जाहेरी दर्ता भएको चार महिना हुँदासमेत कोही पक्राउ परेका छैनन् । सहकारीको १२ करोड ९४ लाख ठगीमा धनराजकी पूर्वपत्नी ज्योति गुरुङलगायत फरार छन् ।
ज्योतिसँगको सम्बन्धविच्छेदसमेत कागजी मात्र भएको आशंका गर्दै संसदीय छानबिन समितिले समेत उहाँविरुद्ध थप अनुसन्धान गर्न निर्देशन दिएको थियो । सम्बन्धविच्छेदपछि पनि धनराजले सहकारीमा रकम भने तिर्दै आउनुभएको थियो ।
सहकारीबाट गैरकानुनी रूपमा पैसा निकालेर ज्योति गुरुङले ज्योति भण्डारीसँग मिलेर क्रिप्टोलगायत अवैध कारोबारमा लगानी गरेको खुल्न आएको छ । जुन विषयमा धनराजलाई समेत जानकारी भएकाले यसमा समेत अनुसन्धान गर्न माग भएको छ ।
गुरुङ सत्तारूढ दलका नेता भएकाले पक्राउ नगरिएको र प्रमाण लुकाइएको आरोप लाग्दै आएको छ । सो सहकारी ठगीमा हालसम्म एकजना पनि पक्राउ नपर्नुले पनि अनुसन्धानमाथि प्रश्न उठेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो