
काठमाडौँ । प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखामा नवीन पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
राष्ट्रिय समाचार समिति केन्द्रीय कार्यालयमा आज आयोजित चौथो अधिवेशनबाट उपाध्यक्षमा सुशील दर्नाल, सचिवमा नारायण ढुङ्गाना र कोषाध्यक्षमा शशीधर अधिकारी चयन हुनुभएको छ ।
त्यस अवसरमा प्रेस सेन्टरका उपाध्यक्ष एवं प्रतिष्ठान प्रदेश इञ्चार्ज विदुर खड्काले संस्थाको श्रीवृद्धि र पत्रकारको क्षमता अभिवृद्धिमा सिङ्गो कार्यसमिति अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रेस सेन्टर प्रतिष्ठान प्रदेशका अध्यक्ष वीरेन्द्र वलीले श्रमजीवी पत्रकारको हकहितमा पेसागत सङ्घसङ्गठन केन्द्रित हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष कृष्ण सापकोटाले श्रमजीवी पत्रकारका हकहितका बारेमा पेसगात सङ्गठनले एकताबद्ध पहल लिनुपर्नेमा जोड दिनुभयो । प्रेस चौतारी नेपाल रासस शाखाका प्रतिनिधि कालिका खड्काले पत्रकारको हकहित र क्षमता अभिवृद्धिमा ध्यान दिन सुझाव दिनुभयो ।
प्रेस सेन्टर रासस शाखाका निवर्तमान अध्यक्ष रत्नकृष्ण श्रेष्ठले श्रमजीवी पत्रकारको हकहितका पक्षमा सङ्गठन क्रियाशील रहँदै आएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो