
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ रहेको बताउनुभएको छ ।
‘फाउन्डेशन अफ ट्रान्स हिमालयन एन्ड रिसर्च स्टडिज’ले आज यहाँ आयोजना गरेको ‘ बिआरआईमार्फत नेपालको पर्यटन र कृषि क्षेत्रको उन्नतिका निम्ति अवसरको खोजी’ विषयक कार्यक्रममा मन्त्री अधिकारीले नेपाल र चीनबीचको सम्बन्ध जहिल्यै सौहार्द्रपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपाल र चीनबीच भौगोलिक, राजनीतिक तथा व्यापार र पारवहनको सम्बन्ध प्रगाढ छ । विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएकाले चीनको विशेषज्ञता यस क्षेत्रको विकासका लागि महत्वपूर्ण छ ।’
नेपालका लागि चीनका राजदूत छन सङले नेपालमा कृषि तथा पर्यटन लगायत परियोजनामा चिनियाँ लगानीकर्ता इच्छुक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हालै मात्र चिनियाँ उद्यमीको टोली नेपाल आएको थियो । उहाँहरु लगानी गर्न हौसिनुभएको छ ।’ नेपालको धेरै जनसङ्ख्या कृषिमा आश्रित भएकाले यसको विकासमा थप जोड दिनुपर्ने राजदूत सङले बताउनुभयो ।
कृषि तथा खाद्य सुरक्षाविज्ञ डा यमुना घलेले कार्यपत्र प्रस्तुत गर्दै कृषि तथा पर्यटन क्षेत्रमा नेपालको सम्भावना अधिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बिआरआईसँग सम्बन्धित लगानीले न्यून आय भएका देशमा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्न मद्दत गरेको छ । नेपालमा पनि कृषि र पर्यटनको अत्यधिक सम्भावना छ । राँगा र भैँसीको मासु निर्यात सम्झौता चीनसँग भइसकेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो