
बैतडी । बैतडीमा जारी प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा डडेल्धुराले कञ्चनपुरलाई पराजित गरेको छ । डडेल्धुराले कञ्चनपुरलाई ६ विकेटले हराएको हो ।
दशरथ चन्द क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुरले १६ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर ८८ रन बनायो । डडेल्धुराले ८९ रनको विजयी लक्ष्य १७ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा प्राप्त ग¥यो ।
डडेल्धुराका लागि रविना धामीले अविजित १६ र हेमा भट्टले १५ रन बनाइन् । बलिङतर्फ कञ्चनपुरकी मञ्जु विष्टले दुई विकेट लिइन् ।
यसअघि पहिला ब्याटिङ गर्ने क्रममा कञ्चनपुरकी रेवती धामीले सर्वाधिक ४१ रनको योगदान दिइन् । बलिङतर्फ डडेल्धुराकी हिरा साउदले तीन विकेट लिइन् । उनी ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा पुस १९ गतेदेखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगिता पुस २५ गतेसम्म चल्ने छ ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि कैलालीको धनगढीमा हुने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो