
भोजपुर । आधारभूत स्वास्थ्य केन्द्र स्थापनाले भोजपुरको भौगोलिक रूपमा विकट रहेका दुई गाउँका स्थानीयले सहज स्वास्थ्य सेवा पाएका छन् ।
वर्षौँदेखि स्वास्थ्य सेवा लिन समस्या झेल्दै आएका टेम्केमैयुङ–५ मझौले र चोलन्ती गाउँका स्थानीयलाई सहजता भएको हो ।
भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवा लिन पनि यहाँका नागरिकलाई तीनदेखि चार घण्टा हिँड्नुपर्ने अवस्था थियो । यहाँका स्थानीयवासीले स्वास्थ्य क्षेत्रमा भोगेको समस्यालाई ध्यान राखेर गाउँपालिकाले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिदिएपछि सहज भएको हो ।
स्वास्थ्य चौकी टाढा हुँदा सिटामोल तथा जीवनजल पाउन समस्या हुने गरेको अवस्थामा गाउँमा नै स्वास्थ्य केन्द्र स्थापनाले सेवा लिन सहज भएको स्थानीयवासी रामबहादुर विष्टले बताउनुभयो । दुई गाउँका स्थानीयलाई लक्षित गरेर यहाँ अस्थायी आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनले सेवा लिन सहज भएको उहाँको भनाइ छ । केन्द्र स्थापनाले सामान्य रुघाखोकीको औषधि लिनका लागि घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको विष्टले जानकारी दिनुभयो ।
‘वर्षौँबाट हामीले सामान्य स्वास्थ्य सेवा लिन पनि समस्या थियो’ उहाँले भन्नुभयो– ‘अहिले गाउँमा नै स्वास्थ्य केन्द्र स्थापना भएपछि सहज भएको छ । स्वास्थ्य केन्द्र नहुँदा हामीलाई धेरै दुःख थियो ।’
विगतका दिनमा यहाँका नागरिकले वडा कार्यालय खावासँगै अन्य स्थानमा स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था थियो । केन्द्र स्थापनाले तीनदेखि चार घण्टा हिँडेर वडा नम्बर ४ नागी र वडा नम्बर ९ लेखर्कको पाँचधारे जानुपर्ने अवस्थाको अन्त्य भएको स्थानीय अडिमान विष्टले बताउनुभयो । अहिले गाउँमा नै सेवा लिन पाएका छौँ । यसले सहजता थपेको छ । सामान्य औषधोपचारका लागि टाढा जानु पर्दैन भन्नुभयो ।
नागरिकले भोगेको समस्यालाई ध्यानमा राख्दै मझौले र चोलन्तीलाई लक्षित गरेर अस्थायी आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रवाह गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । गाउँपालिकाका अन्य विकट क्षेत्रमा पनि स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रवाह भइरहेको उपाध्यक्ष राईको भनाइ छ ।
‘भौगोलिक विकटतका कारण नागरिकलाई स्वास्थ्य सेवा लिन समस्या छ’ उपाध्यक्ष राईले भन्नुभयो– ‘नागरिकको सहजताका लागि स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा दिएका छौँ । गाउँपालिकाका अन्य विभिन्न ठाउँमा पनि स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रवाह भइरहेको छ ।’
साविक खावा गाउँ विकास समितिका वडा नम्बर ९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रवाह भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो