
म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक फराकिलो पार्न स्वःस्फुर्त रूपमा पेटी र टहरा भत्काएका छन् ।
मालिका गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयवासीले संरचना भत्काएर सघाएका हुन् । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले उक्त योजना प्रभावित क्षेत्रका बासिन्दा आफैँ अग्रसर भएर पेटी र टहरा भत्काएर योजना कार्यान्वयनमा सहज बनाएका बताउनुभयो ।
सडक विस्तार र स्तरोन्नतिका क्रममा प्रभावित क्षेत्रका घरधनीको अवरोध र विवादका कारणले प्रभावित भएको अवस्थामा दरवाङको तल्लो बजारका बासिन्दाले उदाहरण प्रस्तुुत गरेका उहाँले बताउनुभयो । हाल तीन दशमलव पाँच मिटर फराकिलो सडकलाई पाँच दशमलव पाँच मिटर फराकिलो बनाउन दायाँबायाँका संरचना हटाएका हुन् । दरवाङ बजारको अर्को टोलमा पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित सडक विस्तार आयोजना प्रभावित क्षेत्रका केही घरधनीको विवादका कारण प्रभावित बनेको छ ।
मालिका गाउँपालिकाले चालुु आर्थिक वर्षमा ४९ लाख रुपैयाँ विनियोजन गरेको दरवाङ बजार बाटो स्तरोन्नति योजनाअन्तर्गत हाल सडक फराकिलो बनाउने, नाली र टेवा पर्खाल निर्माणको काम भइरहेको उपभोक्ता समितिका सचिव कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुुङ्गे पुलतर्फ सडकको दायाँ र बायाँ करिब चार सय मिटर लामो नाली निर्माणको काम थालिएको सचिव आचार्यले बताउनुभयो । पक्की नाली निर्माण भएपछि ढलान र कालोपत्र गरेर अर्को वर्ष सडकलाई पक्की बनाउने योजना छ ।
तीन सय बढी घर रहेको दरवाङ बजारको अन्य टोलमा यसअघिका वर्षमा पक्की नाली र सडक निर्माण भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो