
काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
माघ १२ गतेदेखि हुने दौड प्रतियोगितामा खुला महिला तथा पुरुष हाफ म्याराथन, पुरुषतर्फ १० किमि दौड, महिलातर्फ पाँच किमि दौड तथा कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमि र तीन किमि दौड तथा फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचियर दौड (महिला तथा पुरुष) र बालबालिकाका लागि ‘रन फर फन’ विधा समावेश गरिएको आयोजक संस्थाका संयोजक डा सितलकाजी श्रेष्ठले आज आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगितामा हाफ म्याराथनतर्फ विजेता महिला तथा पुरुष खेलाडीले जनही रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । दोस्रो स्थान हासिल गर्ने खेलाडीले एक लाख, तेस्रोले ७० हजार, चौथोले . ५० हजार तथा पाँचौ हुने खेलाडीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । दश किमि दौडमा पहिलो हुने खेलाडीले ५० हजार, दोस्रोले . ४० हजार, तेस्रोले . ३० हजार, चौथोले २० हजार र पाँचौ हुने खेलाडीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
यस्तै पाँच किमि दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने खेलाडीले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र रु पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् । तीन किमि दौडमा पहिलो हुने खेलाडीले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले पाँच हजार र पाँचौ स्थान हासिल गर्ने खेलाडीले दुई हजार पाँच सय रुपैयाँ पाउनेछन् ।
ह्विलचियरतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले ३० हजार रुपैयाँ पाउनेछन् भने दोस्रो हुने खेलाडीले २० हजार रुपैयाँ पाउनेछ । त्यसैगरी तेस्रो हुने खेलाडीले १५ हजार, चौथोले १० हजार र पाँचौ हुने खेलाडीले पाँच हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको गत वर्षको हाफ म्याराथनको महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारीले स्वर्ण पदक जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो