
धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रजातन्त्र सेनानीको सक्रियताका कारण नेपालमा परिवर्तन सम्भव भएको बताउनुभएको छ ।
नेपाली जनताले आजसम्म जे जति अधिकार प्राप्त गरेका छन् त्यसमा प्रजातन्त्र सेनानीको भूमिका रहेकोे उहाँले उल्लेख गर्नुभयो । जनकपुरधाममा आज नेपाल प्रजातन्त्र सेनानी सङ्घ मधेश प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता निधिले राणा शासनलाई समाप्त पारेर संवैधानिक राजतन्त्र र संसदीय प्रणाली ल्याइएको बताउनुभयो । निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था फालेर बहुदलीय प्रणाली स्थापनामा प्रजातन्त्र सेनानीहरुको सक्रिय, सजग, दूरदर्शी र नेतृत्वदायी भूमिका रहेको नेता निधिले बताउनुभयो ।
‘प्रजातन्त्र सेनानीको सक्रिय भूमिकाबिना नेपालमा परिवर्तन सम्भव थिएन’ उहाँले भन्नुभयो । प्रजातन्त्र सेनानीहरु क्रान्तिकारी, आन्दोलनकारी र सङ्घर्षशील हुने गरेको तथा परिवर्तनको पक्षमा काम गर्दैआएको उहाँको भनाइ छ । सरकारले प्रजातन्त्र सेनानीको पक्षमा एउटा आयोग गठन गर्नुपर्ने नेता निधिले बताउनभयो ।
‘पुरानो पुस्ताका बारेमा थोरै पनि जानकारी राख्न सक्यौँ भने आफ्नो भावी पुस्तालाई हस्तान्तरण गर्न सक्छौँ । भावी पुस्तालाई पूर्वजहरुको इतिहास हस्तान्तरण नगरिए प्रजातन्त्र सेनानीको उपलब्धिबारे कसैले कुनै चासो र चिन्ता व्यक्त गर्दैनन’ उहाँले भन्नुभयो । नेता निधिले वर्तमान संविधानका कतिपय विषयमा संशोधनको आवश्यकता रहेको बताउनुभयो । कांग्रेसकै अग्रसरतामा संविधानको कार्यान्वयन हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
‘सङ्घीयतालाई दिगो र सबल बनाउन केन्द्रीय मानसिकता हटाएर संविधानको अनुसूचीअनुसार प्रदेश र स्थानीय तहले आफ्नो अधिकारको प्रयोग गर्न पाउनुपर्छ, सातै प्रदेशमा सङ्घीय संरचनाअनुसार प्रदेशले प्रदेश प्रहरी तत्काल राख्न पाउनुपर्छ’ नेता निधिले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो