
बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१र८२ को पाँच महिनामा तीनवटा उजुरीको मात्र किनारा लगाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष उमाकुमारी लामाको संयोजकत्वमा गठित न्यायिक समितिमा चालु आव २०८१र८२ को साउनदेखि मङ्सिरसम्ममा दत्र्ता भएको आठवटा उजुरीमध्ये तीनवटा किनारा लगाएको हो ।
चालु आवमा दर्ता भएकामध्ये चारवटा उजुरी छलफलका क्रममा रहेको न्यायिक समितिका सचिव मिगमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार न्यायिक समितिले अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा दर्ता भएको आठवटा उजुरीमध्ये पाँचवटा उजुरीको टुङ्गो लगाइएको र दुईवटा उजुरी फिर्ता गरिएको छ । त्यो गाउँपालिकाले गत आर्थिक वर्ष २०७४र७५ देखि नै न्यायिक समिति गठन गरी कार्य गर्दै आएको छ ।
न्यायिक समितिमा आउने अधिकांश उजुरीहरू जग्गा विवाद, ज्याला नपाएको, पालन पोषण तथा बालीनालीमा क्षति पुर्याएको सम्बन्धी रहेको उहाँको भनाइ छ ।
स्थानीय तहका विवादहरू स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ । उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिलाई सम्बन्धविच्छेद, जग्गा विवाद, घर भाडासम्बन्धी, गाईभैँसीले बालीनाली नोक्सानी गरेकोलगायत विवादहरू मेलमिलापमार्फत समाधान गर्ने जिम्मेवारी दिइएको छ ।
न्यायिक समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनिधिहरूकै सक्रियतामा सम्बन्धित पक्षबीच मेलमिलाप गराउने काम न्यायिक समितिले गरिरहेको सचिव लामाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो