
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–६ मा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा बहिरा तथा सुस्त श्रवण बालबालिकाका लागि खेलकुद मैदान निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ ।
चन्द्रपुरका नगरपालिकाका नगर प्रमुख सञ्जय काफ्लेका अनुसार छाया नेपाल नामक संस्थाले बहिरा तथा सुस्त श्रवण बालबालिकाका लागि आवश्यक खेलकुद पूर्वाधार तथा खेलकुद सामग्रीसहित उक्त खेलकुद मैदान निर्माणमा सहयोग गरेको हो ।
खेलकुद मैदानको निर्माण लागत कूल २५ लाख १३ हजार ९ सय ७७ रहेको छाया नेपालका मधेश प्रदेश संयोजक आशिषकुमार रायले जानकारी दिनुभयो ।
खेलकुद मैदान तथा करेसाबारीको सञ्चालन जनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिले गर्नेछ । विद्यालयमा छात्राबासमा बसी अध्ययन गर्ने ५४ जना बहिरा तथा सुस्त श्रवण विद्यार्थीहरूले खेलकुद मैदानबाट सेवा लिन सक्ने विद्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल