
बाँके । डुडुवा गाउँपालिकाले पर्यटन विकासका लागि रणनीतिक योजना तयार गरेको छ । गाउँपालिकाअन्तर्गत विभिन्न स्थानमा पर्यापर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न योजना बनाइएको छ ।
पालिकामा रहेका विभिन्न मठमन्दिर, मस्जिद, चर्च लगायत, वन क्षेत्र, राप्ती नदी तथा डुडुवा नालालगायत स्थानमा विभिन्न पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना अघि सारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार पर्यटकीय दृष्टिकोणले डुडुवालाई पहिचान गराउन पर्यटनसँग जोडेर विभिन्न परियोजना सञ्चालन गरिएको छ ।
डुडुवामा सबैभन्दा अग्लो एक सय ५१ फिटको शिव प्रतिमा (स्टेचु अप शिवा) बनाउन शुरु गरिएको छ । डुडुवा गाउँपालिका–२ स्थित रामनगर पाझामा शिव प्रतिमा निर्माण गर्नका लागि जग्गामा पहिलो चरणअन्तर्गत बाउण्ड्री (वाल) निर्माण गर्न शिलान्यास गरिएको छ ।
अध्यक्ष चौधरीले डुडुवामा शिव प्रतिमा बनाउने कार्य वर्षौँदेखिको योजना बल्ल कार्यान्वयनमा आएको बताउनुभयो । उहाँले जग्गाको अभावमा राप्ती नदी पुल नजिक उक्त योजना असफल भएपछि रामनगर पाझामा रहेको एैलानी जमिनलाई प्रयोगमा ल्याएर धार्मिक पर्यटनको विकास गरिएको बताउनुभयो ।
करिब २७ बिघा जग्गामा बृहत्तर रूपमा पर्यटन क्षेत्रको दीर्घकालीन ‘प्रोजेक्ट’ सञ्चालन गरी कार्यान्वयनमा ल्याइएको अध्यक्ष चौधरीले बताउनुभयो । वडा नम्बर २ मा पर्यटनको थुप्रै सम्भावना रहेकाले यो परियोजनाले डुडुवालाई चिनाउने वडाध्यक्ष दुर्गाप्रसाद बर्माले बताउनुभयो । अध्यक्ष बर्माले भन्नुभयो– ‘यस वडामा धार्मिक हिसाबले मठमन्दिर, मस्जिद, झुलेङ्गे पुल, डुडुवा नाला, बगर क्षेत्र, सीमानाका रहेको छ, यसलाई विस्तारै सौन्दर्यकरण गरिनेछ, यसले पर्यटन क्षेत्रमा टेवा पुग्छ ।’
गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत एक करोड चार लाख ६१ हजार ६ सय २१ रुपैयाँ (भ्याटबाहेक)को लागतमा कोहलपुर–११ स्थित दीपक विल्डर्सले ठेक्का पाएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इञ्जिनियर सुरेन्द्रकुमार बर्माले बताउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षको असार मसन्तसम्म ‘बाउण्ड्री वाल’ निमार्णको काम सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो