
बागमती । मकवानपुरको दुर्गम क्षेत्र राक्सिराङ गाउँपालिकाका स्थानीयद्वारा उत्पादित कृषिउपजले सहज रूपमा बजार पाउन थालेको छ ।
गाउँपालिकाले स्थानीयस्तरमा उत्पादिन वस्तुको बजारीकरण गर्ने उद्देश्यले राक्सिराङ–५ को चैनपुरमा हाटबजार लगाउन शुरु गरेको हो ।
‘पहिला नजिकमा हाटबजार थिएनन्, त्यसैले यहाँ उत्पादित हरियो सागपात, तरकारी तथा गेडागुडी, बाँसका समान लगायत वस्तुले बजार पाउन सकेको थिएन्’ स्थानीय सुमन चेपाङले भन्नुभयो– ‘गाउँमा हाटबजार लाग्न थालेसँगै स्थानीय उत्पादनले पाएको छ ।’ यसले कृषकद्वारा उत्पादित कृषिउपजले सहज रूपमा बजार पाएसँगै स्थानीय हर्षित भएका छन् ।
गाउँपालिकाको पहलमा प्रत्येक महिनाको १ र १५ गते चैनपुरमा हाटबजार लाग्ने गरेको छ । हाटबजार लागेसँगै स्थानीयलाई आफ्नो सामान बजारसम्म पुर्याउन र दैनिक उपभोग्य वस्तु खरिद गर्न सहज भएको सुमनले उल्लेख गर्नुभयो ।
हाटबजारमा स्थानीयले उत्पादन गरेका वस्तु मात्र बिक्री वितरण गर्न पाउने गरी नियम बनाएर सञ्चालन गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । स्थानीयको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले विसं २०७९ वैशाखदेखि चैनपुरमा हाटबजार लाग्न शुरु भएको हो ।
‘विभिन्न कारणले केही महिनादेखि हाटबजार बन्द भएको थियो’ अध्यक्ष मल्लले भन्नुभयो‘आगामी दिनमा हाटबजारलाई निरन्तरता दिने गरी बजारको व्यवस्थापन गरेका छौँ ।’ चैनपुरको हाटबजारमा चिउरीको मह, उसिनेको गिठ्ठा, भ्याकुर तथा गेडागुडी, बाँसको पेरुङ्गो लगायत कृषिउपज र स्थानीय समान राख्ने गरिएको छ ।
यहाँ तामाङ, चेपाङ, मगर र राई जातिको बहुलता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो