
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नवनियुक्त हुनुभएका आठ बोर्ड सदस्यहरुले शपथ ग्रहण गर्नुभएको छ ।
उहाँहरुलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले शपथ ग्रहण गराउनुभएको हो ।
शपथ ग्रहण गर्ने सदस्यहरुमा शान्तकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) हुनुहुन्छ ।
खेलकुद मन्त्री चौधरीले राखेपमा नियुक्त भएका सवै सदस्यहरुलाई बधाई दिँदै आफनो चार वर्षे कार्यकालमा उत्कृष्ट काम गर्न आग्रह गर्नुभएको छ ।
पुस ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले राखेपमा रिक्त रहेका बोर्ड सदस्यमा ८ जनालाई नियुक्त गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो