
काठमाडौँ । केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लगानी समितिको सदस्यमा रोजिना शर्मा र अभिषेक यादव नियुक्त हुनुभएको छ ।वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत सञ्चालित समितिको सदस्यहरुलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज नियुक्त गर्नुभएको हो ।
ललितपुरका शर्मा र महोत्तरीका यादव दुवैजना एक दशक बढीदेखि नवीकरणीय ऊर्जा क्षेत्रमा कार्यरत हुनुहुन्छ । ग्रामीण तथा नवीकरणीय ऊर्जा प्रविधिको क्षेत्रमा अनुदान, भायविलिटी ग्याप फण्डिङ (भिजिएफ) तथा सरल कर्जाको प्रभावकारी परिचालन गर्न वित्तीय व्यवस्थासहितको केन्द्रीय नवीकरणीय ऊर्जा कोषको स्थापना भएको थियो ।
उक्त कोषले नवीकरणीय तथा ग्रामीण ऊर्जा प्रविधिको विकास, प्रवर्द्धन तथा विस्तार गर्न अनुदान, भिजिएफ तथा कर्जा प्रवाह गर्ने, वित्तीय मध्यस्थकर्तामार्फत सहुलियत दरमा उपभोक्ता कर्जा उपलब्ध गराउँदै आएको केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिनुभयो ।
समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव अध्यक्ष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक सदस्य, अर्थ मन्त्रालयका उपसचिव सदस्य, नेपाल बैँकर्स सङ्घले तोकेको ‘क’ वर्गको निजी क्षेत्रको वाणिज्य बैँकको प्रतिनिधि सदस्य, विकास साझेदारको तर्फबाट नियुक्त एकजना प्रतिनिधि सदस्य र कोषको सचिवालयको प्रमुख सदस्य–सचिव रहने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल