
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेँसीमा एक करोड रुपैयाँ भन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण शुरु भएको छ ।
ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा एक करोड आठ लाख ३१ हजार सात सय ५६ रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण शुरु भएको हो । आयोजनाबाट नारच्याङ बेँसीगाउँका एक सय ९० परिवार लाभान्वित हुने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।
विद्यालय, स्वास्थ्यचौकी, युवा क्लब, आमा समूह, मन्दिर र छात्रावासमा पनि धारा जडान गरिने जनाइएको छ । गोर्खा वेयलफेयरको ८७ लाख ६५ हजार ६ सय ७२ रुपैयाँ अनुदान रहने आयोजना निर्माणमा उपभोक्ताले २० लाख ६६ हजार ८३ रुपैयाँ बराबरको श्रमदान गर्नुपर्नेछ ।
आगामी चैत महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित मुहान, ट्याङ्की, धारा र पाइपलाइनको काम तीव्र गतिमा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल