
डोटी । पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
डोटीको सिलगढीमा सोमबार नेकपा एकीकृत समाजवादी०को कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बैकल्पिक राजमार्ग मात्रै बनाउन सके समग्र सुदूरपश्चिमको विकासमा ठूलो परिवर्तन आउने बताउनुभएको हो । ‘धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्ग मात्रै बनाउन सके हाम्रो प्रदेशको विकासले ठूलो फड्को मार्नेछ’ उहाँले भन्नुभयो– ‘यो नेपाल, भारत र चीन जोड्ने मार्ग भएकाले पनि यसको निर्माणमा प्राथमिकता दिन अति जरुरी छ ।’
डोटीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद आलेले यहाँका अन्य राजमार्गको तुलनामा उक्त राजमार्ग सबैभन्दा छोटो दूरीको रहेकाले आफूले त्यो राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर यसका लागि सङ्घ तथा प्रदेश सरकारसँग आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।
उहाँले त्यो वैकल्पिक राजमार्गका विभिन्न ठाउँमा पुल निर्माणको काम अगाडि बढाएको जानकारी दिँदै भन्नुभयो– ‘डोटीको विकासका लागि म सधैँ अग्रसर छु । मेरो कार्यकालसम्म म जिल्लाको मुहार फेर्ने गरी विकासका कामलाई अघि बढाउनेछु ।’
त्यस क्षेत्रका बासिन्दालाई चीनको ताक्लाकोट जान र चिनियाँ तथा भारतीय पर्यटक भित्र्याउन उक्त मार्गबट सहज हुने भएकाले यहाँको खप्तडलगायत सुदूरपश्चिमका प्रमुख पर्यटकीयस्थलको विकासमा समेत टेवा पुग्ने उहाँको भनाई छ ।
पूर्वमन्त्री आलेले विकासका काममा राजनीति गर्न नहुने भन्दै सबै मिलेर आफ्नो जिल्ला र समग्र सुदूरपश्चिम क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । कुन क्षेत्रमा के कस्ता समस्या र आवश्यकता छन् ? भन्नेबारेमा आफूलाई जानकारी गराउन उहाँले जिल्लावासीलाई आह्वान गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो