
काठमाडौँ । पत्रकार सन्देश सुब्बा निर्देशित याक्थुङ (लिम्बू) म्यूजिक भिडियो ‘केवालुङ’ सार्वजनिक भएको छ।
सन्देशकै शब्द तथा फुङमा तुम्रोकको स्वर र संगीत रहेको भिडियो ‘बरदान प्रोडक्सन’ युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो। आइतबार सार्वजनिक गरिएको भिडियोमा सागर केरुङ, दिपिका तुम्रोक र सिरु इङ्वा लगायतले अभिनय गरेका छन्।
रोशा हाङसरुम्बा लिम्बु र सन्दिप तुम्रोकको निर्माण रहेको भिडियोलाई पाँचथरको विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन गरिएको छ। भिडियोको छायाङ्कन तथा सम्पादन बरदान लिम्बू इङ्वाले गरेका हुन्। श्रृङ्गार ज्योति बेघा लिम्बूको रहेको छ।
त्रिकोणात्मक प्रेमकथा देखाइएको भिडियोमा प्रेम र विश्वासलाई कसैले कुल्चिन नहुने सन्देश रहेको निर्देशक सुब्बाले बताए। सेवा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको एरेन्ज कृष्णभक्त राईको रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो