
इलाम । समयमा वर्षा नहुनु, प्राकृतिक विपद् आउनुलगायत कारणले यस वर्ष इलाममा धान उत्पादन घटेको छ ।
यस वर्ष १० हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ ।
गत वर्ष ११ हजार दुई सय २२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ३९ हजार दुई सय ११ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष चार हजार एक सय ५२ मेट्रिक टन अर्थात् १० दशमलव ६४ प्रतिशतले उत्पादनमा कमी आएको केन्द्रका प्रमुख कुलबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनु्सार यस वर्ष गत वर्षको भन्दा धानको उत्पादकत्व घटेको छ ।
गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ४९ मेट्रिक टन थियो । यस वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ३८ मेट्रिक टनमा झरेको छ । समयमा वर्षा नहुनु, प्राकृतिक विपद् आउनुलगायत कारणले धान उत्पादनमा कमी आएको प्रमुख राईले बताउनुभयो ।
इलाममा रन्जित, राधा ४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ । जिल्लाको चुलाचुली गाउँपालिका र माई नगरपालिका तथा माङसेबुङ, सन्दकपुर र माईजोगमाई गाउँपालिकाको तल्लो क्षेत्रमा बढी मात्रामा धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल