
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले मुलुकमा सुशासन र समृद्धिका लागि आगामी माघमा देशभर जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मङ्गलबार बसेको पदाधिकारी बैठकले ‘मिसन ८४’ मा केन्द्रित भएर पार्टीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्वदेशी उद्योगको प्रवर्द्धनका लागि स्वदेशी वस्तु प्रयोग प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको बैठकले महँगी एवं भ्रष्टाचार अन्त गरी रोजगारी, समृद्धि कायम गर्न सुशासनका पक्षमा जनमत सिर्जना गर्ने निर्णय गरेको हो । देशभर एक पालिका, एक उद्योग ग्राम कार्यक्रम सञ्चालन गरी स्थानीय कच्चा पदार्थको प्रयोग गर्नेगरी घरेलु, साना तथा ग्रामीण उद्योग स्थापना गर्न बैठकले माग गरेको छ ।
अभियानअन्तर्गत पार्टीका एजेण्डा तथा आर्थिक समृद्धिका लागि कृषि क्रान्ति, औद्योगिक विकासलगायत समाजवादका कार्यक्रम जनतालाई सुनाउने सभा सम्मेलन गर्ने कार्यक्रम रहेको पार्टीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।
आत्मनिभर अर्थतन्त्र बनाउन सन्देश प्रवाह गरिने सो अभियान सफल बनाउन सम्बन्धित जिल्ला तथा प्रदेशले ठाउँठाउँमा साना ठूला सभाको व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल