+

रोशीका १२ सय बाढीपहिरो प्रभावितलाई सहयोग

काभ्रे । असोज दोस्रो साताको बाढीपहिरोबाट प्रभावित एक हजार दुई सय ३० पीडितपरिवारलाई संयुक्त राष्ट्रस¬ङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले राहत रकम प्रदान गरेको छ । 


डब्लुएफपीको नेपालस्थित कार्यालयमार्फत त्यो राहत रकम प्रभावितपरिवारलाई प्राप्त भएको रोशी गाउँपालिका कार्यालयले जनाएको छ ।
 
बाढीपहिरोमा परी गाउँपालिकामा १२ जनाको ज्यान गएको थियोभने चार सय ८२ घर पूर्ण रूपमा तथा आठ सय ८३ घर आंशिक रूपमा क्षति पुगेको थियो । डब्लुएफपीले पीडितपरिवार सङ्ख्याका आधारमा राहत स्वरुप नगद नै सम्बन्धित लाभग्राहीको बैंक खातामा पठाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । उहाँले सबै पीडितको बैंक खातामा रकम जम्मा भइसकेको र कुनै समस्या आए गाउँपालिकामा तत्काल सम्पर्क गर्न अपिल गर्नुभएको छ ।
 
डब्लुएफपीले नेपाल सरकारको बाढीपहिरोपीडितलाई परिवार सङ्ख्याका आधारमा दिने नीतिअनुसार रु १५ हजार तथा रु २० हजार नगद राहत प्रदान गरेको जनाइएको छ । अध्यक्ष लामाका अनुसार यसअघि गाउँपालिकामा सीआरएस ९क्याथोलिक राहत सेवा०मार्फत एक सय आठ पीडितपरिवारलाई उल्लेखित परिमाणमा राहत रकम प्रदान भएको थियो । बाढीपहिरोले त्यो गाउँपालिकाको दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको थियोभने एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । यस्तै बाढीपहिराले निर्माण सम्पन्न भएको डम्फु पार्क, १० शय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको थियो ।

यसैबीच गाउँपालिकाले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालेको छ । चिसो बढ्दै गएपछि बाढीपहिरोपीडित अझ प्रभावित हुने भएपछि पहिलो चरणमा घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको हो । लामाका अनुसार विभिन्न दाता संस्थाको सहयोगमा वडा नं २ बाट अस्थायी आवास निर्माणको काम शुरु गरिएको तथा वडा नम्बर ९ को नार्के आसपासको क्षेत्रमा हालसम्म ५० वटा निर्माण भइसकेको बताउनुभयो ।
 
गाउँपालिकाले विपद् व्यवस्थापनका लागि गत कात्तिक ३० गते नै विशेष गाउँसभामार्फत चालु आर्थिक वर्षमा योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले विपद्सँग सम्बन्धित बनाएर दुई सय ६६ योजना संशोधन गरेको छभने विपद् कोष  दुई करोड ८० लाख रुपैइाँ को बनाएको जनाएको छ । 

कोषको रकमले स्थानीय तहमा अत्यावश्यक विपद् खर्च, बाढीपहिरोले पुर्याएको क्षतिको तथ्याङ्क सङ्कलन, राहत वितरणलगायत विविध शीर्षकमा खर्च गर्नेगरी संशोधन गरिएको गाउँपालिकाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै