
काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजबारे छलफल भएको छ । एकीकृत समाजवादीको मस्यौदा समितिको पहिलो बैठकमा महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजबारे छलफल गरिएको हो ।
एकीकृत समाजवादीले २०८१ जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन तय गरेको छ । महाधिवेशन सफल पार्न एकीकृत समाजवादीले मातहतका सबै कमिटीलाई यसमा केन्द्रित गरेको छ । महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज तयार पार्न एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय दस्तावेज मस्यौदा समिति बनाएको थियो । समितिले पार्टी मुख्यालय आलोकनगरमा सोमबार दस्तावेज मस्यौदा छलफल गरेको हो ।
बैठकमा आगामी महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेज मस्यौदाबारे छलफल भइरहेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध