
स्याङ्जा । यहाँका ज्येष्ठ नागरिकले आफूमा भएको सीप तथा अनुभव अन्तरपुस्तामा हस्तान्तरण गरेका छन् ।
फेदीखोला गाउँपालिका–१ का ज्येष्ठ नागरिकले अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्ञान हस्तान्तरण गरेका हुन् ।
सामाजिक विकास कार्यालयको सहयोगमा अन्तरपुस्ता सीप तथा अनुभव हस्तान्तरण गरिएको कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकले बालगृहमा रहेका ३८ बालबालिकालाई हाम्रो मौलिक परम्परागत सीप र ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले दुनाटपरी, बाती कात्ने, बाँसबाट बुनिने डोका तथा डस्टविन बनाउने सीप हस्तान्तरण गर्नुभएको उहाँले बताउनुभयो ।
‘प्रायःजसो पढाइलेखाई र अन्य शैक्षिक गतिविधिमा रहने बालगृहका बालबालिका पुस १४ र १५ गते दुई दिन फरक दृश्यमा देखिए’ उहाँले भन्नुभयो– ‘ज्येष्ठ नागरिक आफूले जानेका सीप तथा अनुभव नयाँ पुस्तालाई सिकाउँदै हुनुहुन्थ्यो भने नयाँ पुस्ता अझै उत्साहित भई सीप सिक्न दत्तचित्त भएर लागेको देखिन्थ्यो ।’
बालगृहमा अध्ययनरत ३८ बालबालिका दुई दिनसम्म कोही दुनाटपरी बुन्न, कोही ज्योति बाल्न प्रयोग हुने बाती बनाउन त कोही डोको, नाम्लो बुन्दै थिए । ज्येष्ठ नागरिकमा विभिन्न क्षेत्रको अनुभव र सीप रहेकाले त्यसलाई पुस्तान्तरण गर्न सामाजिक विकास कार्यालयले पुलको काम गरेको उहाँले बताउनुभयो ।
बालबालिकालाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक र प्रयोगात्मक ज्ञानले भोलिका दिनमा परम्पराको संरक्षणसँगै सीप पुस्तान्तरणमा पनि टेवा पुग्ने अमोर सेवा बालगृहकी सञ्चालिका कमला पराजुलीले बताउनुभयो । विभिन्न क्षेत्रमा सीप भएका स्थानीय ज्येष्ठ नागरिकले बालबालिकालाई आफूमा भएको सीप सिकाउनुभएको थियो ।
‘बालगृहमा रहेका बालबालिका हरेक क्षेत्रमा सक्षम रहेको र छोटो समयमै विभिन्न सीप सिक्न सफल भएका छन्’ उहाँले भन्नुभयो, ‘बालबालिकाले सिकेका सीपलाई निरन्तरता दिँदै भोलिका दिनमा सीपको उपलब्धिका कारण रोजगारी सृजना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल