
काठमाडौँ । काठमाडौँमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी शुरु भएको छ । नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासङ्घको समन्वय तथा चीनको प्रान्तको सान्दोङ प्रान्त र सान्दोङ बिन्जु) फोटोग्राफी एशोसिएसनको आयोजनामा शुरु भएको प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ । बोर्ड परिसरमा भएको फोटो प्रदर्शनीमा सान्दोेङ प्रान्तका विभिन्न ६० वटा तस्बिर राखिएका छन् ।
चिनियाँ नयाँ वर्षका अवसरमा आयोजना गरिएको फोटो प्रदर्शनीको उद्घाटन गर्दै बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले नेपाल र चीनबीच लामो धार्मिक तथा सांस्कृति सम्बन्ध रहिआएको उल्लेख गर्दै तस्बिर प्रदर्शनीले दुई देशबीचको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर से यूले सान्दोङ सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण प्रान्त रहेको जानकारी दिँदै तस्बिर प्रदर्शनीका माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्नुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल चीन ‘फ्रेन्डसीप फोरम’ का अध्यक्ष डा कल्याणराज शर्मा, नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेसिन्ज् (नारा) का अध्यक्ष शिव अधिकारी, बिन्जु फोटोग्राफी एशोसिएसनका अध्यक्ष लि ज्याङ मिङ, फोटो पत्रकार महासङ्घ नेपालका अध्यक्ष हरिप्रसाद रेग्मीलगायतले यस प्रकारको तस्बिर प्रदर्शनी दुवै देशमा आयोजना गर्न सुझाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो