
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तमु (गुरुङ) समुदायले नयाँ वर्ष शुभारम्भको अवसरमा धार्मिक सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका भएको बताउनुभएको छ ।
अध्यक्ष दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा देश तथा विदेशमा रहनुभएका तमु समुदायका साथै समस्त नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको हो । ‘
नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षका ठूलाठूला गाथा बोकेर संविधानसभाबाट २०७२ सालमा जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक हाम्रो संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकतालाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको छ । हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ’ सन्देशमा भनिएको छ– ‘यही विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ, यस्ता मौलिक चाडपर्वहरुले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।’
अध्यक्ष दाहालले सबै जातजाति र समुदायका नेपाली जनताबीच सामाजिक, सांस्कृतिक सद्भाव, भातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन पर्वले भूमिका खेल्नेसमेत उल्लेख गरेको छ । तमु ल्होसार पर्वले आफ्नो समुदायको परम्परागत संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकास गर्न विशिष्ट भूमिका खेलेको छ ।
यस पर्वमा तमु समुदायले आफ्नो वेषभूषा, पहिचान र संस्कारसहित जमघट हुने, गोष्ठी, प्रवचनका साथै नाचगान गर्ने र विभिन्न परिकार बनाएर खाने प्रचलन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय