
काठमाडौँ । माउण्टेन टेलिभिजनका संचालक राजुप्रसाद कँडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पद्या कोलनीका सञ्चालक समेत रहेका कँडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
विभिन्न विवादस्त गतिविधि गर्दै माउण्टेन टेलिभिजन खोल्न पुगेका कँडेल नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत प्रकरणमा अख्तियारको फन्दामा परेका हुन् । अख्तियारले नागार्जुन नगरप्रमुख बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दायर गरेको छ।
नगरम्रमुख पदको दुरुपयोग गरेर आफ्नै नगरपालिका क्षेत्रमा रहेको पद्या कोलनी प्रालि, पद्या मर्चेन्ट कम्पनी र जगतगुरु कृपालु प्रतिष्ठान नेपालका लागि काम गरी नाजायज लाभ लिएको र राज्यकोषमा नोक्सानी हुने काम गरेको आरोप लागेको छ । कँडेल नगरप्रमुख बस्नेतलाई पद्या कोलनी प्रालि, पद्या मर्चेन्ट कम्पनी र जगतगुरु कृपालु प्रतिष्ठान नेपालसँग जोड्ने मुख्य योजनाकार हुन् ।
बस्नेतविरुद्ध बजार मूल्य ४७ करोड ७५ लाख भएको जग्गा पद्या कोलनीले जग्गाधनीलाई १८ करोड ९४ लाख १८ हजार ४ सय ४८ रुपैया भएको उल्लेख गरी भुक्तान दिएको, राजश्व र बैनाबट्टा रकम समेत गरी कूल २३ करोड २२ लाख २७ हजार मात्रै भुक्तानी गरेको पाइएको आरोपपत्रमा उल्लेख छ ।
त्यो कार्यमा नगरप्रमुख बस्नेतको प्रत्यक्ष सहभागिता रहेको पाइएको आयोगको आरोप छ । नगरप्रमुख बस्नेत र उनकी श्रीमती उर्मिला बस्नेतको खातामा २ करोड १५ लाख ७३ हजार ३ सय ९५ रुपैया जम्मा गरेको पाइएको छ । यस्तै, ६ करोड ८२ लाख रुपैयाँ बराबरको जग्गा र वैवाहिक भोज गर्दा २४ लाख ७२ हजार ६ सय ३७ रुपैयाँ बराबरको रकम समेत पद्या कोलनीका सञ्चालक राजुप्रसाद कँडेलले उपलब्ध गराएको आयोगले जनाएको छ ।
आयोगले ९ करोड २२ लाख ४६ हजार ३२ रुपैया बराबरको बिगो दाबी गर्दै नगरप्रमुख बस्नेत, उनका श्रीमती उर्मिला बस्नेत, पद्या कोलनीका सञ्चालक कँडेल विरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुर गरेको अभियोगमा पनि प्रमुख बस्नेत, उनकी श्रीमती उर्मिला र पद्या कोलनीका सञ्चालक कँडेल्विरुद्ध १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै आइतबारै मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल