
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्यीय समिति गठन गर्नुभएको छ । डा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिमा दीपकराज सापकोटा, डा सुनिता मलेकु, डा मेरिना श्रेष्ठ र डा अरुण कुँवर सदस्य रहुनुभएको छ ।
त्यसैगरी, ध्रुव केदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रतिनिधिलाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ ।
समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका कार्यक्रममा समावेश गर्न सकिने विषय सुझाव दिनेछ । साथै अटिजम भएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोगसम्बन्धी क्रियाकलाप निर्देशिकामा समावेश गर्नेछ ।
समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था तथा विकास साझेदारसँग सहकार्यको खाकासमेत तयार पार्ने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । नेपालको जनगणना २०७८ अनुसार अटिजम भएका व्यक्तिको सङ्ख्या चार हजार आठ सय ८४ रहेको छ । तर, विश्व स्वास्थ्य सङ्गठनले भने नेपालमा झण्डै तीन लाखमा यस्तो समस्या रहेको आकलन गरेको छ ।
केही समयअघि अटिजमका क्षेत्रमा कार्यरत विज्ञहरुसँगसमेत मन्त्री पौडेलले अन्तरक्रिया गर्दै चाल्नुपर्ने कदमका बारेमा राय सुझाव सङ्कलन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय