
विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वर्ष–२०८२ का लागि सचिवालयको स्थापना गरेको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयमा स्थापना गरिएको सचिवालयको उद्घाटन गर्दै पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले राष्ट्रिय पुँजी निर्माण गर्न पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
उहाँले कोशी प्रदेशमा धार्मिक, भौगोलिक र प्राकृतिक हिसाबले पनि पर्यटनको प्रशस्त सम्भावना रहेकाले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘हामीले प्रवेशद्वारमा नै प्रहरी जाँच गराइ पर्यटक आउने सवारीमा स्टिकर लगाउँछौँ जसले गर्दा बाटाबाटामा हुने प्रहरी चेकजाँचको समस्या हुँदैन’ उहाँले भन्नुभयो ।
पर्यटन वर्ष सफल पार्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले विभिन्न समितिमा निजी क्षेत्रलाई संलग्न गराएको जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटकका लागि यो प्रदेश अत्यन्त सम्भावनायुक्त भएका उल्लेख गर्दै पर्यटन वर्ष–२०८२ सफल पार्न सबैको साथ आवश्यक भएको बताउनुभयो ।
पर्यटन वर्ष–२०८२ निर्देशक समितिका सहसंयोजक भविष्य श्रेष्ठ र कृष्णकुमार साहले सरकारले यो योजनालाई सफल बनाउन सबै अहोरात्र खटिने प्रतिवद्धता जनाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल