
धनुषा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारलाई सफल बनाउन सबै पक्षले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानको मर्मअनुसार नै वर्तमान सरकार गठन भएको र यो सरकार सफल भएरै छाड्ने बताउनुभयो ।
राजनीतिक अस्थिरताले देशको विकासमा अवरोध सिर्जना गरिरहेको अवस्थामा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भइ वर्तमान सरकार गठन भएको उहाँले उलेख गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘यदि वर्तमान सरकार असफल भयो भने देश अराजकतातर्फ जान सक्छ । त्यसैले, वर्तमान सरकारलाई कुनै पनि हालतमा सफल बनाउनुपर्छ ।’
डा कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्न तयार रहेको उल्लेख गर्दै पार्टीभित्र कुनै पनि प्रकारको मनमुटाव नरहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल