
कालीकोट। कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन् । कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन् ।
पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि थियो । डोजरसहित एक जना बेपत्ता भएको र डोजर चालक नदीमा तैरिरहेको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरेको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिनुभयो ।
कालीकोट खाँडाचक नगरपालिका–८ का डोजर चालकको सकुशल उद्धार गरिएको र एक जना बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “चालकको सकुशल उद्धार गरिएको छ । सहचालक र डोजर अहिलेसम्म फेला पर्न सकेको छैन ।” बेपत्ता सहचालकको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल