
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोगमा दुई र केन्द्रीय सङ्गठन विभागमा तीन सदस्य मनोनयन गरेको छ ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको सभापतित्वमा आज बसेको केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र अधिवक्ता हरिचन्द्र भट्टराईलाई मनोनयन गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी केन्द्रीय सङ्गठन विभागमा धर्म केसी, गोपाल घिमिरे र विमल तिवारीलाई मनोनयन गरेको छ । बैठकले पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक यही पुस १९, २० र २१ गते बस्ने निर्णय पनि गरेको प्रवक्ता झाले जानकारी दिनुभयो ।
आजको बैठकमा पार्टीका कार्यवाहक सभापति अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा प्रस्तुत गर्नुभएको थियो । बैठकमा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले ६० जिल्लामा पार्टीको जिल्ला भेला सम्पन्न भएको विवरण पेस गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल