
काठमाडौँ । छैटौँ मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको ‘टिम इभेन्ट’मा पुरुषतर्फ ललितपुर महानगरपालिका–७ ले स्वर्ण पदक जितेको छ ।
स्वर्ण विजेता खेलाडी टोलीमा डिकेन महर्जन, एलेक्स महर्जन, एलेन महर्जन, मिजेन शाक्य र निकेश जोशी छन् । ज्याकी महर्जन टोली प्रशिक्षकको जिम्मेवारीमा छन् । पाटनमा आज भएको फाइनल खेलमा वडा नं ७ ले वडा नं ८ लाई ३–१ ले पराजित गर्यो । वडा नं ७ ले पहिलो सिङ्गल्स गुमाए पनि खेलमा पुनरागमन गर्यो र लगातार तीन सिङ्गल्स जित्दै स्वर्ण पदक हात पारेको हो ।
पहिलो सिङ्गल्समा एसियाली खेलकुदमा सहभागिता जनाइसकेका वडा नं ८ का रुविन महर्जनले वडा नं ७ का डिकेनलाई ११–५, ११–७, १०–१२ र ११–४ को सेटमा पराजित गरे । अन्य सिङ्गल्समा वडा नं ७ का एलेक्सले विपुल महर्जनलाई ११–८, ९–११, ११–५ र १५–१३ तथा रुविनलाई ११–९, ११–८, ८–११ र ११–७ को सेटमा हराए । एलेनले ज्ञानेश्वर महर्जनलाई ७–११, ११–६, ११–५ र ११–६ को सेटमा पाखा लगाए ।
ललितपुर महानगरपालिका वडा नं ९ द्वारा आयोजित प्रतियोगिताको ‘टिम इभेन्ट’ मा महिलातर्फ वडा नं १७ ले स्वर्ण, वडा नं ८ ले रजत तथा वडा नं १९ र १६ ले कास्य पदक जितेको छ । पुरुष भेट्रान टिम इभेन्टमा वडा नं २० पहिलो, वडा नं १६ दोस्रो र वडा नं ११ र ९ तेस्रो भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल