
काठमाडौँ । सरकारले विपद् व्यवस्थापन (उद्धार लगायत) मा परिचालन हुने स्वयंसेवकलाई सीपयुक्त बनाउन पाठ्यक्रम निर्माण गर्ने भएको छ ।
अहिलेसम्म सेना, प्रहरी तथा रेडक्रसले आआफ्नै तरिकाले पाठ्यक्रम तयार गरी स्वयंसेवक तालिम दिँदै आएकामा अब गाउँगाउँमा खटिने विपद् उद्धार स्वयंसेवकलाई दक्ष बनाउन एकीकृत पाठ्यक्रम तर्जुमा गर्न लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले स्वयंसेवकलाई सीपयुक्त बनाउनसके विपद् उद्धारमा तत्काल परिचालन गरी क्षति कम गर्न सकिने निष्कर्षका साथ एकीकृत पाठ्यक्रम बनाउन थालिएको र हाल प्रारम्भिक मस्यौदा तयार गरिसकिएको जानकारी दिनुभयो ।
नेपालमा बाढी, पहिरोलगायत विपद् उद्धारका लागि एक लाख तीन हजार स्वयंसेवकले प्राधिकरणको प्रणालीमा नाम लेखाएका छन् तर विपद् उद्धारमा स्वयंसेवकहरु खासै परिचालन हुने गरेका छैनन् । ती स्वयंसेवकबाहेक रेडक्रस, स्काउट र नगर प्रहरीहरू पनि छन् । विपद्का बेला सुरक्षा निकाय (सेना जनपद र सशस्त्र प्रहरी) मात्रै खटिले गरेका छन् । स्वयंसेवकलाई पनि दक्ष र सीपयुक्त बनाउन सके विपद् व्यवस्थापनमा योगदान दिनसक्ने हुँदा पाठ्यक्रम निर्माण गर्न लागिएको डा भुसालले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामीले उत्पादन गरेका स्वयंसेवकले सुरुमा गाउँगाउँमा परिचालन भएर उद्धारमा खटिन्छन् भन्ने उद्देश्य थियो तर त्यसो हुन सकेन । यसका कारण स्वयंसेवकलाई सुरक्षाकमीसँगै काँधमा काँध मिलाएर काम गर्न सकुन् भन्ने उद्देश्यका साथ यो पाठ्यक्रम तर्जुमा गर्दैछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल