
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
सुनसरीको इटहरीमा उद्योग सङ्गठन मोरङले आज आयोजना गरेको ‘व्यावसायिक सुरक्षा र स्वास्थ्य व्यवस्थापन प्रणाली’ विषयक गोष्ठीमा उहाँले उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गरिरहेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्दै औद्योगिक कामदारले भोग्नुपरेका समस्याबारे गोष्ठीको निष्कर्षले थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले लगानी सम्मेलन सफल बनाउन उद्योगी व्यवसायीको सल्लाह र सुझाव महत्वपूर्ण हुने भएकाले त्यो विषयमा पनि सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा राख्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल