
स्याङ्जा । कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी मत्स्य ह्याचरीले यस वर्ष ८ लाखभन्दा बढी माछाका भुरा उत्पादन तथा वितरण गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ए जलविद्युत् परियोजनाअन्तर्गत ह्याचरी मिर्मीले कालीगण्डकी नदीसहित आँधीखोला तथा आसपासका खोलामा छाड्ने गरी भुरा उत्पादन गरी वितरण गरेको हो ।
परियोजना सञ्चालन भएसँगै नार्कसँगको सहकार्यमा विभिन्न जातका माछाका भुरा उत्पादन गरी वितरण गर्न थालिएको परियोजना प्रमुख राजबाबु महर्जनले बताउनुभयो । नदी तथा खोलामा पर्यावरण सन्तुलनलाई कायम राख्नका लागि परियोजनाको जलायश तथा त्यससँग प्रभावित अन्य खोलाहरूमा भुरा छाडिदै आएको उहाँले बताउनुभयो ।
ह्याचरीले विगतका वर्षमा जस्तै यस वर्ष पनि विभिन्न प्रजातिका आठ लाख २२ हजार माछाका भुरा उत्पादन गरी मागका आधारमा वितरण गरिएको कालीगण्डकी मत्स्य ह्याचरीका संयोजक डोलराज न्यौपानेले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार ह्याचरीमा उत्पादन भएकामध्ये यस वर्ष कालीगण्डकी जलविद्युत् परियोजनाको जलाशय मिर्मी आँधीमुहानमा तीन लाख ८० हजार, बिरुवा गाउँपालिकाअन्तर्गतका खोला आसपासमा ८७ हजार पाँच सय, अर्जुनचौपारी गाउँपालिकाअन्तर्गत दरौँ खोला र आसपासका खोलामा ५० हजार, रुरु हाइड्रोपावर क्षेत्रमा ४२ हजार पाँच सय माछाका भुरा वितरण गरिएका छन् ।
ह्याचरीले स्थानीय जातका हाडे, गर्दी, सहर, कत्ले, हाडेसहित पोखरीमा पाल्नका लागि कमनकार्प लगायत माछाका भुरा उत्पादन तथा वितरण गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल