
पर्सा । पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको क्षतिग्रस्त तिलावे पुल स्थानीयले अविलम्ब मर्मतसम्भार हुनुपर्ने माग गरेका छन् ।
पुलको स्पान भत्किएको साढे तीन महिना भएपनि जलस्रोत तथा सिँचाइ विभागबाट निरीक्षणबाहेक मर्मतसम्भारको प्रयास नहुँदा स्थानीयले अविलम्ब पुल बनाउनुपर्ने माग गरेका हुन् ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुरेशप्रसाद साहले पुसको पहिलो साता जलस्रोत तथा सिँचाइ विभागबाट उपमहानिर्देशक वासु तिमिल्सेनाको नेतृत्वमा स्थलगत निरीक्षण गरेर गएको जानकारी दिनुभएको छ । ‘जलस्रोत तथा सिँचाइ विभागका निरीक्षण गर्न आएका टोलीले सडक विभागका महानिर्देशकलाई तिलावे पुल मर्मतसम्भार थाल्न अनुरोध गरेको छ’ उहाँले भन्नुभयो– ‘निरीक्षण टोलीले भत्किएको पुलको स्पानमात्रै मर्मतसम्भार गरेर सञ्चालन गर्ने वा अर्को दुई लेनको नयाँ पुल निर्माण गर्ने सुझाव दिएको छ । यद्यपि निर्णय भएको छैन ।’
पुल नजिकबाट पथान्थरण गरिएको छ । ‘हामीले सहज रूपमा सवारीसाधन सञ्चालन गर्न डाइभर्सन गरेका छौँ । डाइभर्सन पनि एक साताभित्रै ग्राभेल गर्नेछौँ’ उहाँले भन्नुभयो ।
हाल यो पुलमा सवारीसाधन चलाउन रोक लगाइएको छ । तिलावे पुल ५० वर्षअघि निर्माण भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल