
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ज्येष्ठ नागरिकले प्राप्त गर्ने सामाजिक सुरक्षाको दायरा विस्तार गर्न प्रयासरत रहेको बताउनुभएको छ ।
चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८१ को अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री सुडीले ज्येष्ठ नागरिकमा रहेको सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रदेश एवं स्थानीयस्तरमा विभिन्न कार्यक्रम भइरहेको जानकारी दिनुभयो ।
‘मुलुकको आर्थिक अवस्थासलाई ध्यानमा राख्दै उपलब्ध स्रोत र साधनलाई अधिकतम उपयोग गरी ज्येष्ठ नागरिकलाई सुखी, सम्मानित एवं सुरक्षित रहने वातावरण निर्माण गर्न विभिन्न कार्यक्रम कार्यान्वयन भइरहेका छन्’ उहाँले भन्नुभयो– ‘जुनसुकै उमेर समूहमा रहे पनि भविष्यमा सबै व्यक्ति ज्येष्ठ नागरिक हुनु नै छ । भविष्यको सुनिश्चितताका लागि हामीले ज्येष्ठ नागरिकको सम्मान र संरक्षणको संस्कृतिलाई थप सुदृढिकरण गर्नु आवश्यक छ ।’
संविधानमा व्यवस्था गरिएको ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा’को हक कार्यान्वयन गर्नु सबैको दायित्व भएको मन्त्री सुडीले उल्लेख गर्नुभयो । यसका लागि सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, नियमावली लगायतका नीतिगत व्यवस्था गरेको उहाँको भनाइ छ । मन्त्री सुडीले सरकारले विगत वर्षमै घोषणा गरेको ज्येष्ठ नागरिकसम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्ने कार्यलाई पूर्णता दिन मन्त्रालय प्रयासरत रहेको बताउनुभयो ।
परिवारबाट स्याहार र संरक्षण प्राप्त गर्न नसकेका ज्येष्ठ नागरिकको स्याहारका लागि सरकारले स्वास्थ्य उपचारको सुविधासहित ज्येष्ठ नागरिक गृहको स्थापना, सात सय ५३ वटै स्थानीय तहको सहभागितामा ज्येष्ठ नागरिक मिलन केन्द्रलाई व्यवस्थित तथा विस्तार गर्न कार्यक्रम घोषणा गरी लागू गरिएको मन्त्री सुडीले बताउनुभयो ।
ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता घोषणा गरेको दिनलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउने गरी ज्येष्ठ नागरिकसम्वन्धी ऐन, २०६३ बमोजिम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सिफारिसमा २०७८ जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले त्यही वर्षदेखि ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कैलाश–मानसरोवरसम्मको अविस्मरणीय यात्रा
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- उपराष्ट्रपति यादव र भियतनामकी समकक्षी सुआनबीच भेटवार्ता
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल