
काठमाडौँँ । यु–१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डले नेपाललाई जितका लागि ३ सय ३ रनको बलियो लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय दुई रन बनायो ।
न्युजिल्यान्डका स्नेहित रेड्डीले सर्वाधिक एक सय ४७ रनको योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका रेड्डीले एक सय २५ बलको सामना गर्दै ११ चौका र ६ छक्काको मद्दतमा एक सय ४७ रन जोडेका हुन् ।
पहिलो विकेटका लागि राम्रो शुरुवात गरेको न्युजिल्यान्डले त्यसपछि लगातार तीन विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान ओस्कार ज्याक्सन र रेड्डीले एक सय ५७ रनको साझेदारी गरे ।
यसैगरी कप्तान ओस्कार ज्याक्सनले ८१ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ७५ रन जोडे । टोम जोन्सले ३३, लुक वाट्सनले १४ र एलेक्स थोम्पसनले १३ रन बनाए ।
नेपालका लागि सुवास भण्डारीले तीन विकेट लिँदा गुल्सन झाले दुई तथा दीपेश कँडेल, तिलकराज भण्डारी र आकाश त्रिपाठीले समान एकरएक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो