
चितवन । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल आफू नेतृत्वको सरकार टिकाउन भारत भक्त बनेको आरोप लगाउनुभएको छ ।
एमाले नेता ज्ञवालीले प्रेस चौतारी चितवनले आइतबार बिहान भरतपुरमा आयोजना कार्यक्रममा प्रधानमन्त्रीले आफू सत्तामा अडिनकै लागि भारतसँग विद्युत व्यापार सम्झौता र भारतीय दूतावासलाई २० करोड सिधै खर्च गर्न दिने लगायतका सम्झौता गरेको बताउनुभयो । ‘अहिलेको सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास छैन, त्यसैले सत्ता टिकाउन शक्ति केन्द्रहरुको भक्तिभाव गर्ने काममा लागिपरेको छ ‘ उहाँले भन्नुभयो ‘कुनै पनि देशले दूतावासमार्फत सिधै आयोजना छानेर रकम दिने काम गलत छ, यसले राष्ट्रिय हितलाई कमजोर मात्रै गर्दैन, अनावश्यक चलखेललाई समेत बढाउँछ ।’
भारतसँग गरिएको विद्युत व्यापार सम्झौताका कतिपय बुँदा र दूतावासमार्फत सिधै २० करोड रकम कुनै आयोजनामा लगानी गर्न पाउने गरी भएको सम्झौता राष्ट्रहित विपरीत भएको पूर्वमन्त्री ज्ञवालीको भनाई छ । पूर्वपराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले नेपालमा पूर्वदेखि पश्चिमसम्मका नदीनालामा भारतले विद्युत निकाल्ने नाममा कब्जा गरेको आरोप समेत लगाउनुभएको छ । ‘२५ वर्षदेखि भारतले पञ्चेश्वर होल्ड गरेर राखेको छ’ उहाँले भन्नुभयो ‘त्यसको काम किन भएन ? भनेर सरकारले सोध्न सक्दैन, उल्टै हरेक पटक भारतलाई दुई, तीन वटा खोला सुम्पिएर आउँछ यसले राम्रो सन्देश दिएको छैन ।’
पूर्वमन्त्री ज्ञवालीले विद्युत व्यापार सम्झौतामा भारतीय लगानीकर्ताले उत्पादन गरेका आयोजनाको विद्युत मात्रै किन्ने भन्ने बुँदा राष्ट्रहित विपरीत रहेको आँैल्याउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो