
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा कमल पोखरी र पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठ घाटमा पुगी छठी माताको पूजा आराधना गरी सूर्यलाई अघ्र्य दिनुभएको छ ।
राष्ट्रपतिसँगै प्रथम महिला सविता पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गर्नुभएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वका अवसरमा राजधानीका गुह्येश्वरी र कमलपोखरीमा हुने छठ पूजामा राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति पनि सहभागी हुने परम्परा रही आएको छ । राष्ट्रपतिलाई गुह्येश्वरी छठ पूजा समितिका पदाधिकारी र सदस्यले स्वागत गर्नुभएको थियो ।
गुह्येश्वरीस्थित वाग्मती किनारमा करिब सात सय छठ पूजा स्थल निर्माण गरिएको छ । छठ पूजास्थललाई आकर्षक रुपमा सजाइएको छ ।
कार्तिक शुक्ल षष्ठीका अवसरमा आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै छ । कार्तिक शुक्ल चौथीका दिनदेखि शुरु भएको छठ पर्वको आज मुख्य दिन हो । आज निराहार व्रत बसेका बर्तालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिई रातभर छठ घाटमै जाग्राम बस्ने गर्छन् । छठको विधि भने कोजाग्रत पूर्णिमाका भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु भएको हो ।
कार्तिक शुक्ल सप्तमीका अवसरमा शुक्रबार बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि चार दिन लामो छठको व्रत विधि समापन हुन्छ । गुह्येश्वरी क्षेत्रमा छठ पर्व मनाउन आउने भक्तजनको घुइँचो छ ।
मित्रपार्क चोकदेखि नै भक्तजन गुह्येश्वरी जाने लाममा लागेका छन् । यहाँको छठ पूजाको व्यवस्थापन गुह्येश्वरी छठ पूजा समितिले गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन