
स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज यहाँको वालिङमा आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले अब हुने सबै निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन बिना प्रतिस्पर्धामा उत्रने बताउनुभएको हो । त्यसका लागि तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
“कांग्रेसले निर्वाचनका बेला कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन”, उहाँले भन्नुभयो, “निर्वाचन सम्पन्न भइसकेपछि भने सरकार निर्माण प्रक्रियामा अन्य पार्टीसँग गठबन्धन हुनसक्छ ।” पार्टीभित्र देखिएको गुटबन्दीलाई जरैदेखि अन्त्य गर्दै अब नेता कार्यकर्ता एकजुट भई सङ्गठन बलियो बनाउनतर्फ लाग्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन