
बागमती । अबिरल वर्षासँगै आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारस्थित इलाका प्रहरी कार्यालयको भवनसहित ३० वटा घरटहरा बगाएको छ ।
वर्षासँगै आएको आएको बाढीपहिरोले सिस्नेरी बजारस्थित इलाका प्रहरी कार्यालय भवनसहित ३० वटा घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
घरटहरा बगाए पनि त्यहाँ मानवीय क्षति नभएको प्रहरी निरीक्षक सापकोटाको भनाइ छ । यस्तै, अविरल वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–१० घट्टेखोला नजिकै रहेका १० वटा घरहरू बागमती खोलाको पानीको बहाव बढेको कारण उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।
यस्तै, भीमफेदी गाउँपालिका–८ स्थित कान्तिलोकपथ सडकअन्तर्गत वाग्मती खोलाको पुलको मकवानपुर जिल्लातर्फको मुखमा खोलाले खोली १० मिटर बाटो बगाएको प्रहरी निरीक्षक सापकोटाको भनाइ छ । सोही स्थानमा सामान राख्नका लागि बनाइएको जस्ताको छानो टहरो तथा केही निर्माणसम्बन्धी सामग्रीसमेत बगाएर लगेको प्रहरीले जनाएको छ ।
त्यस्तै, बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुईवटा ढोका खोलिएको थियो । विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ । बाढी तथा डुबानका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै