
सुनसरी । कोसी ब्यारेज भएर बग्ने पानीको बहाव झण्डै छ लाखभन्दा क्युसेक पुगेको छ । पछिल्लो समय कोसी ब्यारेज कन्ट्रोल रुमले गरेको मापनअनुसार पाँच लाख ९० हजार ३८५ क्युसेक पुगेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
कोसी ब्यारेज भएर पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उहाँले जानकारी दिनुभयो । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
कोसी ब्यारेजमा पानीको बहाव बढेपछि ब्यारेजको ५२, सुनसरी नहरको दुई र सप्तरीतर्फ नहरको दुई गरेर ५६ वटै ढोका खोलिएको छ ।
पानीको बहाव उच्च भएपछि सवारी तथा मानिसको अवागमनमा अर्को सूचना जारी नहुनजेलसम्मका लागि बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै